धनुषामा थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धनुषामा थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७९, सोमबार

    धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका छन् ।

    आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार भएको जानकारी दिए ।

    उनका अनुसार लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएका छन् ।

    फरार अभियुक्तहरूको खोजी भइरहेको र उनीहरू कसरी फरार हुन सफल भएको विषयमा पनि थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।