व्यास अल्ट्रा म्याराथनको उपाधि गुरुङलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    व्यास अल्ट्रा म्याराथनको उपाधि गुरुङलाई

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७९, सोमबार

    दमौली । व्यास नगरपालिकाले सोमबार आयोजना गरेको व्यास अल्ट्रा म्याराथनको उपाधि विशाल गुरुङले जितेका छन् । शहीद दिवसका अवसरमा व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमी दूरी तीन घण्टा २६ मिनेटमा पूरा गर्दै व्यास नगरपालिका–७ निवासी गुरुङले उपाधि जितेका हुन् ।

    प्रतियोगितामा व्यास नगरपालिका–६ का सहास पन्थ द्वितीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा ३६ मिनेटमा पूरा गरेका छन् । त्यस्तै आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङ तृतीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गरे ।

    द्वितीय हुन सफल व्यास-६ का सहास पन्थ

    प्रतियोगितामा प्रथम हुनेले रु ६१ हजार, द्वितीय हुनेले रु ५१ हजार र तृतीय हुनेले रु ३८ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । तियोगितामा ५७ धावकको सहभागिता रहेको थियो ।

    विगतका वर्षमा खुल्ला रुपमा म्याराथन आयोजना गरिँदै आएकामा यसपटक पनि जिल्लावासीको सहभागितामा प्रतियोगिता आयोजना गरिएको थियो । विगतका वर्षहरुमा राष्ट्रिय धावकको सहभागितामा हुँदै आएको प्रतियोगिताका विजेताले रु ८७ हजार प्राप्त गर्ने भएपनि यसपटक प्रथम पुरस्कारको राशी घटाइएको हो ।

    व्यास नगरपालिका–५ मानुङबाट सुरु भएको म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिएको छ ।

    नगरपालिकाले म्याराथनलाई पर्यटन प्रबद्र्धनसँग जोड्न खोजेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।