अपाङ्गता भएका चदारोलाई न्यानो कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    अपाङ्गता भएका चदारोलाई न्यानो कपडा

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७९, सोमबार

    दमौली । म्याग्दे गाँउपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत म्याग्दे गाँउपालिका वडा नं ३ तिलहारे निवासी चन्द्र वहादुर चदारोलाई न्यानो कपडा वितरण गरेको हो ।

    पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आर्थिक रुपमा विपन्न तथा बहुअपांगता भएका चदारोलाई न्यानो कपडा वितरण गरेका हुन् ।
    आर्थिक रुपमा विपन्न र अपाङ्गता भएकाको जीवनयापनलाई सहज बनाउने, उनीहरुको न्युनतम गासबास कपासका लागि पालिकाले यो जाडोमा न्यानो कपडा वितरण गरेको हो ।

    सोक्रममा १ थान फाईवरको सिरक, रुवाको डसना १ थान, तन्ना १ थान र सिरानी १ थान गरि कुल ४ हजार ३ सय बराबरको सामग्री वितरण गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख शारदा ग्रैहे पौडेलले जानकारी दिइन् ।