एमाले तनहुँद्वारा विभाग गठन : प्रचारमा प्रदीप, मोर्चामा खिम (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँद्वारा विभाग गठन : प्रचारमा प्रदीप, मोर्चामा खिम (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७९, सोमबार

    दमौली । नेकपा एमाले तनहुँले विभिन्न २६ विभाग गठन गरेको छ । एमाले तनहुँले संगठन विभाग, अर्थ तथा योजना, पार्टी स्कूल, प्रचार, मोर्चा लगायतका विभाग गठन गरेको हो ।

    संगठन विभाग प्रमुखमा श्रीप्रसाद श्रेष्ठ, उपप्रमुखमा हरिराज कंडेल, सचिवमा राजेश्वर ढकाल चयन भएका छन् । अर्थ तथा योजना विभाग प्रमुखमा हरिराज कंडेल, उपप्रमुखमा प्रदीपराज अधिकारी र सचिवमा देवलाल खनाल चयन भएका छन् ।

    प्रचार विभाग प्रमुखमा प्रदीपराज अधिकारी, उपप्रमुखमा भूपेन्द्रराज कोइराला र सचिवमा प्रकाशचन्द्र भट्टराई चयन भएका छन् । मोर्चा विभाग प्रमुखमा खिम कुमाल, उपप्रमुखमा रत्नादेवी घिमिरे र सचिवमा रीता ढकाल चयन भएका छन् ।