बस दुर्घटनामा चार जनाकाे मृत्युपश्चात फरार अमृत १८ वर्षपछि पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बस दुर्घटनामा चार जनाकाे मृत्युपश्चात फरार अमृत १८ वर्षपछि पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७९, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडामा भएको सवारी दुर्घटनाका एक अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । सवारी ज्यान मुद्धामा फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले १८ वर्षपछि पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसल बस्ने ४० वर्षीय मिठु सुनार भनिने अमृतलाल विक रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। निजलाई साेमबार व्यास नगरपालिका–७ सत्रसयबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई तनहुँ अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

    विसं २०६१ असोज १५ गते व्यास नगरपालिका–१० परेवाडाँडामा निज विकले चलाएको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । ग १ ख ११०४ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा १८ जना यात्रुहरु घाइते भएका थिए । उक्त घटनापश्चात् विक फरार रहेका थिए ।