वडाध्यक्ष श्रेष्ठले निजी सवारीमा बिरामी अस्पताल पुर्याए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    वडाध्यक्ष श्रेष्ठले निजी सवारीमा बिरामी अस्पताल पुर्याए

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७९, मंगलवार

    दमाैली । ऋषिङ गाउँपालिका-८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले आफ्नाे निजी सवारीमा बिरामीलाई अस्पतालसम्म पुर्याएका छन् । श्रेष्ठले ऋषिङ-७ का खिमलाल श्रेष्ठलाई मङ्गलबार पाेखरास्थित गण्डकी अस्पताल पुर्याएका हुन् ।

    स्वास्थ्यमा अचानक समस्या आएपछि खिमलालका आफन्तले वडाध्यक्ष श्रेष्ठलाई सम्पर्क गरेका थिए । लगत्तै श्रेष्ठले आफैले ती बिरामीकाे उद्धार गरी अस्पतालसम्म पुर्याएका हुन् ।

    वडाध्यक्ष श्रेष्ठले यसअघि पनि थुप्रै वडावासीलाई बिरामी भएको बेला र दुर्घटनामा परी घाइते भएका बेला सवारी सुविधा उपलब्ध गराउँदै अस्पताल पुर्याउने गरेका छन् । उनले भने, ‘जनताकाे सेवाका लागि भनेर वडाध्यक्ष बनेकाे हूँ । म सधैँ जनताकाे सेवामा नै तल्लिन हुनेछु ।’