म्याग्देका सुमन एक सातादेखि सम्पर्कविहिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देका सुमन एक सातादेखि सम्पर्कविहिन

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७९, मंगलवार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–घुम्ती निवासी एक युवा विगत एक सातादेखि सम्पर्कविहिन भएका छन् । सुस्त मनस्थिति २४ वर्षीय सुमन श्रेष्ठ माघ १० गतेदेखि सम्पर्कविहिन भएका हुन् ।

    सधैंजसो दमौली गएर आउने गर्नुभएका सुमन माघ १० गतेदेखि घर नफर्किएको निजका बुबा रामप्रसाद श्रेष्ठले जानकारी दिए । छोराको खोजीकार्यका लागि प्रहरीमा खबर गरेपनि केही पत्ता नलागेको उनले गुनासाे गरे ।

    सुमनका आमा उमादेवी छोरा सम्पर्कविहिन भएदेखि चिन्तित छिन्। “छोरा हराएको दिनदेखि आमा राम्रोसँग निदाउन पनि सकेकी छैन,” रामप्रसादले भने ।

    उहाँक अनुसार सुमनले बिहान बेलुका नियमित औषधी सेवन गर्नुपथ्र्यो । छोराको उपचारका लागि धेरै ठाउँमा गएपनि सुधार नभएको उनले भने। “छोराले मान्छे चिन्ने भएतापनि कहिलेकाँही भुल्ने समस्या थियो,” उनले भने ।

    करिब पाँच फिट चार इन्च अग्ला सुमनलाई देखेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ ।