माघको तेस्रो मंगलबार थानीमाईमा ३९ फूलको डोली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माघको तेस्रो मंगलबार थानीमाईमा ३९ फूलको डोली

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७९, बुधबार

    दमौली । माघको तेस्रो मंगलबार प्रसिद्ध थानीमाई मन्दिरमा ३९ फूलको डोली भित्रिएको छ । भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा ३९ फूलको डोली भित्रिएको हो ।

    तनहुँसहित लमजुङ, गोरखा, कास्की, चितवनलगायतका जिल्लाबाट आएका भक्तजनले बाजागाजासहित फूलको डोली भित्र्याएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए ।

    सोक्रममा तीन हजार भन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गरेका छन् । विशेषगरी कात्तिक, मंसिर माघ महिनामा यहाँ भक्तजनहरु फूलको डोली चढाउन आउने गरेका छन् ।