दमौली । तनहुँका प्रहरी उपरिक्षक र प्रहरी नायब उपरिक्षक दुवैको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एकैचोटी एसपी र डिएसपीको सरुवा गरेको हो ।
प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मीको सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइमा सरुवा भएको छ । रेग्मीको ठाउँमा प्रहरी उपरिक्षक अवदेश विष्ट आउने भएका छन् ।
यसैगरी प्रहरी नायब उपरिक्षक युवराज खड्काको काठमाडौ उपत्यका प्रहरी कार्यालय उजुरी छानबिन तथा मानव अधिकार शाखामा सरुवा भएको छ । तनहुँमा प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँण आउने भएका छन् ।