भिमादमा सुरु भयो महोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    भिमादमा सुरु भयो महोत्सव

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७९, शुक्रबार

    दमौली । तनहुँको भिमादमा तेस्रो भिमाद महोत्सव सुरु भएको छ । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन र व्यापार, तेस्रो भिमाद महोत्सव हाम्रो विकासको पूर्वाधार’ नारा सहित बिहीबारदेखि महोत्सव सुरु भएको हो ।

    महोत्सवको गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेद बहादुर गुरुङले उदघाटन गरे । सो अवसरमा उनले महोत्सवले जुनसुकै ठाउँको स्थानीय व्यवसायी तथा कृषि उपजहरुलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

    कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस तनहुँ जिल्लाका सभापति जितप्रकाश आले, भिमाद नगरपालिकाका प्रमुख तथा तेस्रो भिमाद महोत्सवका संरक्षक दधिराज सुबेदी, पूर्व सांसद केदार सिग्देल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल, नेकपा (माओवादी केन्द्र) तनहुँका जिल्ला अध्यक्ष मदन आले लगायतले सम्बोधन गरेका थिए।

    महोत्सवले निर्यातयोग्य वस्तुहरुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, विभिन्न औद्योगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं वृद्धि गर्ने, स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रवर्द्धनका साथै उद्यमी एबम् व्यवसायहरुलाई प्रोत्साहन गर्न उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्ने लगायत हस्तकला सम्बन्धी सीप र व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य राखेको महोत्सव संयोजक हस्तबहादुर खड्काले बताए ।

    चार लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने महोत्सवमा पॉच करोड बराबरको कारोवार हुने लक्ष्य राखिएको छ ।