राष्ट्रसेवक बचत तथा ऋण सहकारीमा पण्डित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    राष्ट्रसेवक बचत तथा ऋण सहकारीमा पण्डित

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७९, शुक्रबार

    दमौली । नेपाल निजामती कर्मचारी संगठनको संरक्षकत्वमा संचालित राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड तनहुँको अध्यक्षमा रामचन्द्र पण्डित चयन भएका छन् ।

    सहकारीको शुक्रबार सम्पन्न १४ औल वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पण्डितको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

    सहकारीको उपाध्यक्षमा चन्द्रबहादुर थापा, सचिवमा सोमकान्त पौडेल, कोषाध्यक्षमा पुष्प खनाल र सदस्यहरुमा चन्द्र तिमिल्सिना, महादेव बराल, हम माया पुन, सीता पाण्डे र कृष्ण प्रसाद अर्याल चयन भएका छन् ।

    लेखा सुपरिवेक्षण समिति संयोजकमा ज्ञान नारायण श्रेष्ठ र सदस्यहरुमा पार्वती पौडेल र रिमा थापा चयन भएका छन् ।

    कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन गण्डकीका इन्चार्ज घनश्याम सापकोटा, केन्द्रीय सदस्य राममणि ढुंगाना, विजयकुमार श्रेष्ठ, पेशागत महासंघका सदस्य सुनिल पाण्डे, प्रदेश कमिटी अध्यक्ष अशोक खनाल, नेपाल निजामति कर्मचारी संगठन तनहुँका अध्यक्ष रुद्रसिं ठकुरी लगायतले धारणा राखेका थिए ।