दमौली । तनहुँका माओवादी नेताद्वय हेमराज लामिछाने र गीता शाही वैकल्पिक केन्द्रीय सदस्य मनोनित भएका छन् । माओवादी केन्द्रीय समितिले लामिछाने र शाहीलाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको हो।
माओवादीको केन्द्रीय समितिमा यसअघि श्रीराम ढकाल, हरिबहादुर चुमान, आशा कोइराला, सुरेश आले, ओमकुमारी पौडेल छन् । त्यसमध्ये ढकाल पार्टीको कोषाध्यक्ष हुन् ।