दोभानलाई हराउँदै आयोजकले जित्यो प्रथम अकला कपको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दोभानलाई हराउँदै आयोजकले जित्यो प्रथम अकला कपको उपाधि

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०७९, बिहीबार

    दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित दोभान युवा क्लवलाई पराजित गर्दै आयोजक अकला गाउँवेशी युवा क्लवले प्रथम अकला कप सेभेन ए साइड फुटबलको उपाधि जितेको छ।

    म्याग्दे-१ गुणादीमा बिहीबार सम्पन्न फाइनल खेलमा दोभानलाई ट्राइबेकरमा पराजित गर्दै आयोजकले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा अकला ८-७ ले विजयी भएको छ ।

    उपाधिसँगै अकलाले एक लाख २२ हजार नगद र ट्रफी जितेको छ । उपविजेता दोभानले रु ६६ हजार ६ सय ६६ र ट्रफीमा चित्त बुझायो ।

    विजेतालाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुरस्कार वितरण गरे । सो अवसरमा उनले स्वस्थ जीवनका लागि खेलकुद आवश्यक भएको चर्चा गर्दै पालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताए ।

    नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठले खेलाडीहरु विदेशिनुपर्ने बाध्यता रहेकाले खेलाडीलाई स्वदेशमै टिकाइराख्न योजना बनाउनुपर्ने बताए ।

    कार्यक्रममा म्याग्दे-१ का अध्यक्ष मणिभद्र वाग्ले, कांग्रेस म्याग्देका सभापति रामभक्त घिमिरे, आदर्श नमूना क्लवका अध्यक्ष मलिन मल्ल लगायतले खेल क्षेत्रका बारेमा धारणा राखेका थिए ।

    माघ २० देखि सञ्चालित प्रतियोगितामा ३४ टिमको सहभागिता रहेको खेल संयोजक सुरज थापाले जानकारी दिए ।