मिस कुमालले भेटे नगर उपप्रमुख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिस कुमालले भेटे नगर उपप्रमुख

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०७९, बिहीबार

    दमौली । मिस कुमाल तनहुँका विजेताले व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैसँग भेटघाट गरेका छन् । एएस क्रिएटिभ मल्टिमिडिया इभेन्ट प्रालिको आयोजनामा सम्पन्न मिस कुमालका विजेताले बिहीबार उपप्रमुख दरैसँग भेटघाट गरेका हुन् ।

    मिस कुमाल विजेता सरिष्मा कुमाल, फस्ट रनर अप अन्जना कुमाल र सेकेन्ड रनर अप नविना कुमाललाई उपप्रमुख दरैले बधाई दिएकी थिइन्।

    सो क्रममा दरैले महिलाहरु नेतृत्वमा आउनुपर्ने सुझाव दिएकी थिइन् । उपप्रमुखसँगको भेटघाटबाट मिस कुमाल विजेताहरुले अनुभव ग्रहण गरेको मिस कुमाल कार्यक्रमका संयोजक सुमन कुमालले जानकारी दिए ।