ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्र घुमाउँदै ऑबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्र घुमाउँदै ऑबुखैरेनी

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७९, बिहीबार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्र भ्रमण गराउने भएको छ । गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकलाई गाउँपालिकाले बिहीबार र शुक्रबार धार्मिक क्षेत्रको भ्रमण गराउन लागेको हो ।

    भ्रमणमा जान लागेका ज्येष्ठ नागरिकलाई बिहीबार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विदाई गरे । सो क्रममा चुमानले भने, ‘उमेर भएकाहरु त आफै पनि घुम्न सक्नुहुन्छ, वृद्धवृद्धालाई घुमाउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।’ चुमानले एकैपटकमा सबैलाई नसकिएपनि क्रमश: अन्यलाई पनि भ्रमण गराइने बताए ।

    ज्येष्ठ नागरिकलाई काठमाडौ, ललितपुर र भक्तपुर भ्रमण गराइनेछ । गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालको नेतृत्वमा रहेको भ्रमण टोलीमा स्वास्थ्यमा समस्या आउन सक्ने स्थितिलाई मध्यनजर गरी स्वास्थ्यकर्मी पनि सहभागी छन् ।