बन्दीपुरमा प्रथम अध्यक्ष कप हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बन्दीपुरमा प्रथम अध्यक्ष कप हुँदै

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७९, बिहीबार

    दमौली । बन्दीपुर गाउँपालिकामा पालिकास्तरीय प्रथम अध्यक्ष कप २०७९ फुटवल तथा भलिवल प्रतियोगिता हुने भएको छ ।

    यहि फागुन १२ गते बाट वडा नम्बर ४ भुमर्सेमा रहेको पालिकास्तरीय खेलमैदानमा अध्यक्ष कप संचालन गर्न लागिएको हो । खेलमार्फत अनुशासन र गतिशिलता दिनको लागि प्रथम अध्यक्ष कप आयोजना गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

    प्रतियोगितमा दुबै खेल तर्फ प्रथम हुनेलाई रु ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, द्वितीयलाई रु २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र तृतीयलाई रु १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र सान्तवना पुरस्कार रु ५ हजार प्रदान गरिने छ ।

    प्रतियोगितामा सहभागी हुनका लागि पालिकाले सवै वडामा पत्राचार गरिसकेको छ । सम्बन्धित वडाले फागु १० गते भित्र समूह प्रमाणित गरी गाउँपालिकाको शिक्षा शाखामा बुझाउनु पर्नेछ । हरेक वडा बाट दुबै खेलमा ३।३ वटा टिमले सहभागीता जनाउन सक्नेछन् ।