चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७९, बिहीबार

    काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाएका सबै उम्मेदवारहरुमाथि तत्काल कारबाही अघि नबढाउन आदेश दिएको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

    बिहीबार सार्वजनिक संवैधानिक इजलासको आदेशमा बालेन मात्र नभई खर्च विवरण नबुझाउने सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न आदेश दिएको उल्लेख छ ।

    निर्वाचन आयोगले खर्च समयमा खर्च विवरण नबुझाएको भन्दै स्थानीय तह निर्वाचनका कतिपय उम्मेदवारलाई जरिवाना तिर्न ताकेता गरेको थियो । आयोगकझो उक्त निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दिएका थिए ।