आइसिसी विश्वकप क्रिकेट : नेपालले टस जितेर फिल्डिङ गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आइसिसी विश्वकप क्रिकेट : नेपालले टस जितेर फिल्डिङ गर्ने

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०७९, मंगलवार

    काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको हो ।

    अब स्कटल्याण्डले पहिला ब्याटिङ गर्नेछ । यस सिरिजमा नेपाल लगातार चौथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले विजयी हासिल गरेको थियोे । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो ।

    नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अङ्कका साथ छैटौँ स्थानमा छ । त्यस्तै स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र नौ मा हारका साथ ५० अङ्कका साथ शीर्षस्थानमा छ । नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् ।