ऑबुखैरेनीमा सात किलो गाजा सहित दुई युवा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा सात किलो गाजा सहित दुई युवा पक्राउ

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७९, बिहीबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारमा सात किलो पाँच सय ग्राम गाजा सहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–८ बस्ने २९ वर्षीय दिवस गुरुङ र सोही ठाउँ बस्ने २४ वर्षीय विशाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    गोरखा घ्याचोकबाट मुग्लिन हुँदै पोखरा तर्फ आउँदै गरेको ग १३ प ६३६४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई सात किलो पाँच सय ग्राम गाजा सहित आज पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    पृथ्वीराजमार्ग सडकखण्डमा अस्थायी प्रहरी पोष्ट पुलजीपबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलको पछाडि सवार गुरुङले बोकेको झोलाबाट गाजा बरामद गरेको हो । पक्राउ परेकालाई बुधबार तनहुँ अदालतबाट आठ दिनको म्याद थप गरिएको छ ।