पलले न्याय पायो, खुशीले ऑशु झर्यो : ज्योति मगर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पलले न्याय पायो, खुशीले ऑशु झर्यो : ज्योति मगर

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७९, सोमबार

    दमौली । नायक पल शाहले उच्च अदालत पोखराबाट सफाई पाएपछि कलाकारले खुशी व्यक्त गरिरहेका छन् । यसैक्रममा गायिका ज्योति मगरले पलले न्याय पाउँदा खुशीले ऑशु झरेको बताएकी छन् ।

    एक वर्ष अगाडी प्रहरी कार्यालयमा आत्मसमपर्ण गर्दा दुखको ऑशु झरेको स्मरण गर्दै मगरले भनिन्, ‘ठ्याक्कै एक अगाडि उनी निलो ज्याकेट लगाएर दमौलीको प्रहरी कार्यालयमा प्रवेश गर्दै गर्दा जसरी हाम्रो ऑशु झरेको थियो, जिउभरी काडा उम्रेको थियो आज सफाइ पाउँदा त्यसरी नै आशु झरेको छ फरक यति हो त्यो दुखको थियो, आज खुशीको ।’

    मगरले शाहलाई सुझाव दिँदै एउटा झुण्डमा सामेल नहुनु भनेकी छन् । उक्त झुण्ड के हो मगरले खुलाएकी छैनन् ।