कलाकारिता र समाजसेवामै क्रियाशील रहनेछु : पल शाह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कलाकारिता र समाजसेवामै क्रियाशील रहनेछु : पल शाह

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७९, सोमबार

    दमौली । कारागारमुक्त भएका नायक पल शाहले आफू कलाकारिता र समाजसेवामै क्रियाशील रहने बताएका छन् । सोमबार तनहुँ कारागारबाट रिहा हुने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै शाहले उक्त कुरा बताएका हुन् ।

    जनताले तपाईलाई पुरानै अवस्थामा देख्न चाहेका छन् भन्ने प्रश्नमा शाहले भने, ‘मैले आफ्नो काम गर्ने हो, म जे काम गरिरहेको छु त्यही गर्ने हो ।’ शाहले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

    शाह सोमबार पोखरा पुगेका छन् । उनी मंगलबार काठमाडौ जाने बताइएको छ ।

    बालयौन दुराचार मुद्धामा नवलपुर अदालतको साढे दुई वर्ष कैद फैसला विरुद्धको पुनरावेदनमा उच्च अदालतबाट आइतबार सफाइ पाएपछि शाह सोमबार रिहा भएका हुन् ।

    उनी विरुद्ध जबरजस्ती करणी अभियोगमा विसं २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते आत्मसमपर्ण गरेका थिए । शाह चैत १० गते कारागारमा पुर्पक्षका लागि थुनामा गएका थिए ।