आँबुखैरेनीमा मर्स्याङ्दीमा डुबेर मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा मर्स्याङ्दीमा डुबेर मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७९, मंगलवार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मस्र्याङ्दी नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–३ बीचबजारका ३६ वर्षीय मदन घिमिरे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    गत फागुन १२ गतेदेखि बेपत्ता भएका घिमिरेको शव आज डम्पिङस्थित मस्र्याङ्दी नदीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए। घिमिरेको शव ४० मिटर तल गहिराईमा डुबिरहेको अवस्थामा फेला पारिएको र शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

    इलाका प्रहरी कार्यालय आँबुखैरेनी खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द कुरिनटारबाट खटिएको गोताखोर टोलीले घिमिरेको शव डुबेको अवस्थामा फेला पारेको हो ।

    फागुन १२ गते बिहान ११ः३० बजेको समयमा घरबाट कोही कसैलाई जानकारी नगराई ग २३ प २१३८ नम्बरको स्कूटरमा सवार घिमिरे घर फर्किएका थिएनन् । निजकी श्रीमती सुनिता लामाले श्रीमान्को खोजी गरी पाउँ भनी इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा निवेदन दिएकी थिइन् ।

    प्रहरीले फागुन १४ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा केनाइन शाखाबाट तालिम प्राप्त कुकुर समेत झिकाएर खोजीकार्य गरेको थियो ।