महिला दौडमा ३५ धावकको नाम दर्ता, अल्ट्रा म्याराथनमा ७ लाख खर्च अनुमोदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    महिला दौडमा ३५ धावकको नाम दर्ता, अल्ट्रा म्याराथनमा ७ लाख खर्च अनुमोदन

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७९, मंगलवार

    दमौली ।अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना हुने महिला दौडमा ३५ धावकले नाम दर्ता गरेका छन् । बुधबार आयोजना हुने दौडमा ३५ धावकको नाम दर्ता गराएको व्यास नगरपालिकाले जनाएको छ।

    व्यास-३ व्यासगुफादेखि व्यास-११ तनहुँसुरसम्म दौड हुँदैछ । म्याराथनको सबै तयारी पूरा भएको नगरपालिकाले जनाएको छ ।

    अल्ट्रा म्याराथनमा सात लाख खर्च

    नगरपालिकाले शहीद दिवसका अवसरमा आयोजना गरेको अल्ट्रा म्याराथनमा सात लाख खर्च भएको छ । मानुङकोट-पुलिमराङसम्म आयोजित ४४ किमि दूरी म्याराथनमा सात लाख ३३ हजार ६ सय ४६ खर्च भएको छ ।