दमौली । नेपाल शिक्षक संघ तनहुँका मतदातालाई सरकारी विद्यालयमा भोजन गराइने भएको छ । संघको नवौ अधिवेशन अन्तर्गत बुधबार हुने निर्वाचनमा सहभागी हुने मतदातालाई व्यास-२ स्थित बालमन्दिर माविमा भोजनको व्यवस्था गरिएको हो ।
संघको निर्वाचन अन्तर्गत सत्यवती माविमा मतदान हुँदैछ । मतदातालाई बिहान १० देखि २:३० सम्म भोजनको व्यवस्था गरिएको संघले जनाएको छ ।