शिक्षक संघ तनहुँको अध्यक्षमा भट्टराई विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षक संघ तनहुँको अध्यक्षमा भट्टराई विजयी

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७९, बिहीबार

    दमौली । नेपाल शिक्षक संघ तनहुँको अध्यक्षमा रमेशबाबु भट्टराई विजयी भएका छन् । बिहीबार बिहान सम्पन्न मतपरिणाम अनुसार ६६४ मत प्राप्त गरी भट्टराई अध्यक्षमा विजयी भएका हुन् ।

    अध्यक्षका प्रत्यासी भरत काफ्लेले ६२१, उपेन्द्र विष्टले २७५ र ज्ञानेन्द्र न्यौपानेले १३२ मत प्राप्त गरेका छन् ।

    म्याग्दे गाउँपालिका-६ स्थित रत्न माविमा प्रधानाध्यापक रहेका भट्टराईले शिक्षक हकहितका आवाज उठाउँदै आएका छन् ।

    खुल्ला उपाध्यक्षमा अशोकचन्द्र वाग्ले ९०७ मत प्राप्त गरी विजयी भएका छन् । प्रत्यासी शिवराम पन्थले ६२७ मत प्राप्त गरे ।

    महिला उपाध्यक्षमा लक्ष्मी मल्ल ९२५ मत प्राप्त गरी विजयी भइन् । प्रत्यासी शान्ता बास्तोलाले ७३५ मत प्राप्त गरिन् ।

    सचिव अर्थमा राजु ढकाल ८७६ मत प्राप्त गरी विजयी भएका छन् । प्रत्यासी कृष्णप्रसाद तिवारीले ७०३ मत प्राप्त गरे ।

    सहसचिव खुल्लामा विजयराज खनाल विजयी भएका छन् । उनले ६६२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी खेमराज रेग्मीले ४०८, दयाराज कट्टेलले ३१४ र गोविन्द खड्काले २०९ मत प्राप्त गरे ।

    सहसचिव समावेशीमा नन्दबहादुर थापा ११०४ र तुलबहादुर गुरुङ ७०१ मत प्राप्त गरी भएका छन् । प्रतिस्पर्धी विष्णुप्रसाद श्रेष्ठले ५५० र महेन्द्रकुमार श्रेष्ठले ५७५ मत प्राप्त गरे।

    सचिवमा नरेन्द्र न्यौपाने, सहसचिव अर्थमा रिसीमाया मगर, सहसचिव महिलामा शारदा अधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।