उत्कृष्ट नेतृत्व प्रदान गरेको भन्दै गौरवलाई आदर्श क्लबको सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    उत्कृष्ट नेतृत्व प्रदान गरेको भन्दै गौरवलाई आदर्श क्लबको सम्मान

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७९, आईतवार

    म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित आदर्श नमुना क्लवले उत्कृष्ट नेतृत्व प्रदान गरेको भन्दै निवर्तमान अध्यक्ष गौरवराज रानालाई सम्मान गरेको छ । मनहरी स्थित खेलमैदानमा शनिबार आयोजित फुटबल प्रतियोगिताको समापन कार्यक्रमका अवसरमा क्लवले रानालाई सम्मान गरेको हो ।

    क्लवका अध्यक्ष मलिन मल्लले रानालाई टीका, खादा र दोसल्ला तथा प्रमाणपत्रले सम्मान गर्दै आफूले नेतृत्व गरेको दुई कार्यकालमा रानाले महत्त्वपूर्ण योगदान गरेको स्मरण गरे । रानाको महत्त्वपूर्ण योगदानले ढाब खेत मनहरी खेलमैदान बन्न सम्भब भएको मल्लले बताए ।

    उक्त अवसरमा सम्मानित भएका रानाले क्लवको सम्मानले थप जिम्मेवारी महशुस भएको भन्दै अझै धेरै काम गर्न बाँकी रहेको धारणा व्यक्त गरे । आफ्नो कार्यकालको कामको मुल्यांकन गरेर मलाई क्लवले सम्मानित गर्यो , यसको लागि म क्लव परिवारलाई धन्यवाद दिन्छु भन्दै रानाले यो सम्मान सबैको साथ र सहयोगले सम्भव भएको बताए ।

    ‘मेरो गलामा लागेको दोसल्ला यस क्लबलाई माया गर्ने सबैको गलामा लागेको महसुस गरेको छु, खेलमैदानदेखि फुटबलको विकास र अन्य थुप्रै सामाजिक काम गर्न बाँकी नैं छ,’ उनले भने ।

    रानाले दुई पटकको कार्यकालमा म्याग्दे गाउँपालिकाभित्रका हरेक वडामा गई विभिन्न सामाजिक कामहरू गर्दै आएका थिए । विभिन्न व्यक्ति , संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरि मिहीनेतका साथ फुटबल मैदान बनाउने साहसिक काम पूरा गरेका थिए ।

    यस्तै क्लव मार्फत म्याग्दे-२ मा रहेको भाइरल ट्रि हाउसमा डस्बिन वितरण, भूकम्पका बेला राहत बितरण , कोभिडका बेला विभिन्न सचेतनामुलक कार्यक्रम सहित सेनेटरी प्याड, मास्क वितरणमा रानाको योगदान थियो ।

    विभिन्न क्षेत्रमा आएका बाढीको बेला राहत तथा उद्धारका लागि सहयोग, लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम , युवाहरूको लागि उदघोषण तालिम सञ्चालनमा रानाको योगदान थियो ।

    बुवा स्वर्गीय ताराराज राना राजनीतिक तथा सामाजिक व्यक्तित्व भएको र आमा मायादेवी राना पनि महिला आन्दोलनदेखि काङ्ग्रेस पृष्ठभूमिकी नेतृ भएकोले उहाँहरूकै प्रेरणामा गौरव सानैदेखि पढाइसँगसँगै राजनीति र सामाजिक क्षेत्रमा सक्रिय थिए ।