गोरखामा सवारी दुर्घटनामा दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गोरखामा सवारी दुर्घटनामा दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७९, सोमबार

    गोरखा । गोरखा नगरपालिका-६ बिसौनी मोडमा सोमबार भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ । गोरखा-आँबुखैरेनी सडक खण्डमा बसपार्कबाट गोरखा बजार आउदै गरेको प्र.३-०१-००३क ६१७० नम्बरको मिनी ट्रक रबा८६प १७८६नं.को मोटरसाईकल एक आपसमा ठक्कर खॉदा दुईको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार ट्रक चालक र मोटरसाईकल पछाडी सवार गरी २ जनाको उपचारको क्रममा मृत्यु भएको छ। घाइते ६ जनाको  चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ।