रामचन्द्र राष्ट्रपति बनेपछि रिक्त बनेको तनहुँ १ मा कांग्रेसबाट यी हुन् दावेदार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रामचन्द्र राष्ट्रपति बनेपछि रिक्त बनेको तनहुँ १ मा कांग्रेसबाट यी हुन् दावेदार

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०७९, मंगलवार

    दमौली । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त बनेको तनहुँ क्षेत्र नम्बर १ को उपचुनावको मिति घोषणा नभए पनि नेपाली कांग्रेसबाट चारजनाले आफ्नो उम्मेदवारी दाबी पेश गरेका छन् ।

    रामचन्द्र राष्ट्रपति उम्मेदवार बनेलगत्तै केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईले सभापति शेरवहादुर देउवालाई भेटेर आफूमाथि न्याय हुनुपर्ने बताएका थिए । उनले आफूलाई सभापतिले उपचुनावको तयारीमा लाग्न भनिसकेको बताएका छन् ।

    गत निर्वाचनमा टिकट नपाएपछि उनले बागी उम्मेदवारीको दर्ता तयारी समेत गरेका थिए । तर शीर्ष नेताहरुले पार्टीको कोषाध्यक्ष र राष्ट्रियसभामा ल्याउँने आश्वासन दिएपछि उनी रोकिएका थिए ।

    यसै क्षेत्रमा कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल पनि उम्मेदवार आंकाक्षी छन् । कांग्रेस तनहुँको तीन कार्यकाल सभापति बनेका उनले आफूले अवसर नपाएको भन्दै एकपटक आफूले टिकट पाउनुपर्ने बताएका छन् ।

    सोही क्षेत्रबाट कांग्रेसका पूराना नेता रामचन्द्र पोखरेलले पनि उम्मेदवार बन्नका लागि सार्वजनिक रुपमै लबिङ गरेका छन् । पौडेल राष्ट्रपति निर्वाचित भएपछि आफूले प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि दृढ संकल्पका साथ उम्मेदवारीका लागि दावी गरेको फेसबुक स्टाटसमार्फत घोषणा गरेका छन् ।

    २०४६ सालमा बहुदलीय व्यवस्था आएदेखि नै प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन लड्ने आफ्नो संकल्प अहिलेसम्म पूरा नभएको भन्दै उनले आफूलाई एकपटक प्रत्यक्ष निर्वाचन लड्ने अवसर दिन नेतृत्वसँग् माग गरेका छन् ।

    त्यस्तै, कांग्रेसबाट तनहुँ १ मा युवा नेता दिपक भट्टराईले पनि दावी गरेका छन् । त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति र नेविसंघको महामन्त्री भइसकेका भट्टराई हाल महाधिवेशन प्रतिनिधि छन् ।