उद्योग वाणिज्य संघसँग सहकार्य गर्दा प्रशासनलाई सहज : प्रजिअ रिजाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उद्योग वाणिज्य संघसँग सहकार्य गर्दा प्रशासनलाई सहज : प्रजिअ रिजाल

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०७९, बुधबार

    दमाैली । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तनहुँ उद्योग वाणिज्य संघसँग सहकार्य गरेर काम गर्दा प्रशासनलाई सहज हुने बताएका छन् । संघले बुधबार आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा प्रजिअ रिजालले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्दा प्रशासनलाई सहज हुने विश्वास व्यक्त गरे ।

    सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै समृद्धि सम्भव रहेकाले सकारात्मक कुरामा संघसँग सहकार्य गर्न प्रशासन सदैव तयार रहेको बताए ।

    प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले उद्योगी व्यवसायीको सुरक्षामा प्रहरी गम्भीर रहेको बताए ।

    सोक्रममा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले प्रजिअ रिजाल र प्रहरी उपरिक्षक विष्टलाई स्वागत गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं संघका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठ, संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला आले लगायतले बोलेका थिए ।