बालविवाह मुद्दामा कैद फैसला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालविवाह मुद्दामा कैद फैसला

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७९, बिहीबार

    दमौली । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको हो ।

    पाँचै अभियुक्तलाई जनही १८ दिनको कैद फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । साथै उनीहरूविरुद्ध जनही रु दुई हजारका दरले जरिवाना भएको छ ।

    व्यास नगरपालिका–५ का प्रकाश श्रेष्ठ, तुलसीकुमार श्रेष्ठ, व्यास– ६ का महादेवबहादुर गिरी, भद्रबहादुर श्रेष्ठ र एक महिलालाई कैद र जरिवानाको फैसला भएको हो । जबर्जस्ती करणीसमेत रहेको उक्त मुद्दामा बेहुलाले सफाइ पाएका छन् । प्रहरीले निजविरुद्ध विसं २०७८ पुस १९ गते बालविवाह गरे गराएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा नौ पटक पेसी तोकिएको थियो । –––