स्ववियु निर्वाचन : संयुक्त प्यानलको कार्यालय युवा नेता थापाद्वारा उदघाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    स्ववियु निर्वाचन : संयुक्त प्यानलको कार्यालय युवा नेता थापाद्वारा उदघाटन

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०७९, बिहीबार

    दमौली । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि व्यास-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानलले सम्पर्क कार्यालय खोलेको छ ।

    चैत ५ गते हुने निर्वाचनका सन्दर्भमा नेविसंघको प्यानलले बिहीबार सम्पर्क कार्यालय खोलेको हो । उक्त कार्यालयको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चाम थापाले उदघाटन गरे ।

    सो अवसरमा थापाले नेविसंघ नेतृत्वको प्यानललाई हार्ने छुट नभएको बताए । उनले विद्यार्थीको हकहितका लागि स्ववियु लाग्नुपर्ने समेत बताए ।

    क्याम्पसमा नेविसंघका तर्फबाट गौरव पन्थ सभापतिका उम्मेदवार छन् ।