गोरखकालीका पूर्व छात्र भट्टराईले पाए चिकित्साशास्त्र अध्ययनका लागि पूर्ण छात्रवृत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गोरखकालीका पूर्व छात्र भट्टराईले पाए चिकित्साशास्त्र अध्ययनका लागि पूर्ण छात्रवृत्ति

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७९, शुक्रबार

    दमौली । व्यास नगरपालिका-३ शान्तिनगरस्थित गोरखकाली आवासीय माध्यमिक विद्यालयका पूर्व छात्र प्रतिक भट्टराई (अनुज) ले चिकित्सा शास्त्र अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।

    भट्टराईले चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जमा अध्ययनका लागि पूर्ण छात्रवृत्तिका लागि नाम निकालेका हुन् । उनले चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा १२ औ स्थानमा नाम निकालेका छन्।

    भट्टराई गोरखकालीमा कक्षा नर्सरीदेखि १० सम्म अध्ययनरत थिए । मेधावी छात्र भट्टराईको सफलताले विद्यालयको पनि नाम उच्च भएको सहायक प्रिन्सिपल तीर्थ रानाभाटले बताए ।