तनहुँबाट उपचुनाव लड्ने चर्चाबारे सिटौलाले के भने शंकर भण्डारीलाई ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँबाट उपचुनाव लड्ने चर्चाबारे सिटौलाले के भने शंकर भण्डारीलाई ?

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७९, शुक्रबार

    दमौली । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको तनहुँ १ मा कांग्रेसबाट नेता कृष्ण प्रसाद सिटौला उपचुनाव लड्ने चर्चा चलिरहेका बेला सोही जिल्लाबाट निर्वाचित सांसद समेत रहेका कांग्रेस केन्द्रीय सदस्यले चासो राखेका छन् ।

    विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि भण्डारीले सिटौलाई सम्पर्क गर्दा उनले आफू तनहुँबाट चुनाव लड्नेबारे नसोचेको जवाफ दिएका छन् । केही नेताहरूले चाहना राखेपनि सिटौलाले आफू उपचुनाव नलड्ने जानकारी भण्डारीलाई गराएका हुन् ।

    केन्द्रीय सदस्य भण्डारीका अनुसार तनहुँ क्षेत्र नं १ बाट आफू निर्वाचन लड्न लागेको भन्ने प्रचारले आफूलाई दुःखी बनाएको सिटौलाले बताएका छन् । तनहुँ १ बाट उपचुनाव लड्न गोविन्द भट्टराई, रामचन्द्र पोखरेल, ध्रुव वाग्ले र दीपक भट्टराईले दाबी गरेका छन् ।

    यद्यपि सिटौलाले चाहेको खण्डमा उनलाई तनहुँबाट उपचुनाव लडाएर संसदमा ल्याउन कांग्रेस सभापति शेरवहादुर देउवालगायतका नेता सकारात्मक रहेको बताइएको छ । (नेपाल प्रेस)