म्याग्दे गाउँपालिका स्तरीय दोस्रो मणि कप फुटबल प्रतियोगिता हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    म्याग्दे गाउँपालिका स्तरीय दोस्रो मणि कप फुटबल प्रतियोगिता हुने

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७९, शनिबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका-४, छिम्लिस्वाँरामा रहेको श्री मणि युवा क्लवको २२ औं वार्षिकोत्सवका अवसरमा फुटबल प्रतियोगिता हुने भएको छ।

    म्याग्दे क्षेत्रमा रहेका खेलाडीको क्षमता पहिचान गरी स्थानीय खेलाडीको मनोबल बढाई फुटबल खेललाई म्याग्दे स्तरबाटै अगाडी बढाउन प्रतियोगिता आयोजना गरिएको हो।

    चैत ७ देखि ११ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष सनम रानाले बताए । आदर्श तारा मनहरी खेलमैदानमा हुने प्रतियोगिताका विजेतालाई ३५ हजार र उपविजेतालाई २० हजार नगद प्रदान गरिनेछ ।

    थोरै धन राशी पुरस्कार रहे पनि स्थानीय खेलाडीले पनि आफ्नो खेल कौशल प्रदर्शन गर्न पाउने सचिव संगम थापाले बताए । ‘आपसी समझदारी, भाईचारको सम्बन्ध प्रदाढ र एकताको सन्देश खेलले दिनेछ,’ उनले भने ।

    तत्कालिन छाङका मुखिया एवं नेपाली कांग्रेसका नेता तथा प्रजातान्त्रिक योद्धा मणिराज रानाको नाममा विसं २०५७ सालमा क्लव स्थापना गरिएको हो ।