तनहुँका तीन क्याम्पसमा स्ववियु निर्वाचन, दुईमा अनिश्चित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका तीन क्याम्पसमा स्ववियु निर्वाचन, दुईमा अनिश्चित

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७९, शनिबार

    दमौली । त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त क्याम्पसहरुमा आइतबार स्ववियु निर्वाचनका लागि मतदान हुँदैछ । तनहुँका पॉच क्याम्पसमध्ये तीनमा मतदान हुँदैछ भने दुईमा निर्वाचन अनिश्चित बनेको छ ।

    भिमादस्थित जनज्योति क्याम्पस, ऑबुखैरेनी क्याम्पस र शुक्लागण्डकीस्थित शहीदकृष्ण क्याम्पसमा स्ववियु नेतृत्व छान्न मतदान हुँदैछ ।

    व्यासस्थित आदिकवि भानुभक्त क्याम्पस र शुक्लागण्डकीको भानुभक्त बहुमुखी क्याम्पसमा भने निर्वाचन अनिश्चित बनेको छ । आदिकवि क्याम्पसले सूचना नै जारी गरी निर्वाचन स्थगित गरेको छ भने भानुभक्तमा नेविसंघ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि निर्वाचन प्रकृया सुरु हुन सकेको छैन ।

    निर्वाचन हुने क्याम्पसहरुमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को गठबन्धन छ । अर्कोतर्फ नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी लगायतको गठबन्धन छ ।

    अनेरास्ववियुको तर्फबाट शहीद कृष्ण क्याम्पसमा मनोज बानिया, जनज्योति क्याम्पसमा निशा श्रेष्ठ र आबुखैरेनी क्याम्पसमा कृशल पुडासैनी सभापतिका उम्मेदवार हुन् ।

    नेविसंघको प्यानलबाट शहीद कृ्ष्ण क्याम्पसमा विष्णुबहादुर अधिकारी, जनज्योति क्याम्पसमा विवश पराजुली र ऑबुखैरेनीमा अखिल क्रान्तिकारीका निशान मगर सभापतिका उम्मेदवार हुन् ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । यस अनलाइनमा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।