सौन्दर्य व्यवसायी संघ तनहुँमा मन्जु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सौन्दर्य व्यवसायी संघ तनहुँमा मन्जु

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७९, आईतवार

    दमौली । सौन्दर्य व्यवसायी संघ तनहुँको अध्यक्षमा मन्जु पिया चयन भएकी छन् । संघको शनिबार सम्पन्न सातौ अधिवेशनबाट पिया अध्यक्ष चुनिएकी हुन् ।

    संघको उपाध्यक्षमा विष्णु थापा, गंगा श्रेष्ठ र विमला विजुक्छे, सचिवमा आरती गुरुङ, कोषाध्यक्षमा सुकु गुरुङ, सहसचिवमा रेवती सुनार चयन भएका छन् ।

    सदस्यहरुमा अनुशा खड्का, हसिना हुसेन, सोफिया मियॉ, वर्षा आले, सविना गुरुङ, मुन्नी खातुन, आरती थापा र असिका दुलाल चयन भएका छन् ।