नेकपा एसले तनहुँ–१ मा दाबा गर्ने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एसले तनहुँ–१ मा दाबा गर्ने निर्णय

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७९, आईतवार

    दमाैली । नेकपा एकीकृत समाजवादी तनहुँले तनहुँ–१ को उपनिर्वाचनमा दाबा गर्ने निर्णय गरेको छ । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त पदका लागि हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले दाबा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

    पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले मङ्सिर ४ गतेको निर्वाचनमा तत्कालिन गठबन्धनलाई विजयी गराउन खेलेको भूमिकामा आधारमा उपनिर्वाचनमा आफूहरुले उक्त सिट पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

    तनहुँ–१ बाट निर्वाचित तत्कालिन प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले तत्कालिन गठबन्धनमा क्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उक्त निर्वाचन क्षेत्र छाडेर बारा गएको र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसककेकाले अब उपनिर्वाचनमा नेकपा एसका तर्फबाट उम्मेदवारी दाबा गर्ने निर्णय भएको जिल्ला अध्यक्ष कार्कीले बताए।

    “गत निर्वाचनमा हाम्रो पार्टीले तनहुँमा एक सिट पनि पाएन, तैपनि गठबन्धनका उम्मेदवारलाई जिताउन लागिप¥यौ, उपनिर्वाचनमा हाम्रो सशक्त दाबा रहन्छ,” कार्कीले भने। नेकपा एकीकृत समाजवादीले आवश्यक परेको खण्डमा राष्ट्रिय व्यक्तित्वलाई नै उम्मेदवारको रुपमा अगाडी सार्ने निर्णय पनि गरेको छ।

    बैठकमा उक्त पार्टीका पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ, लेखा आयोगका केन्द्रीय उपाध्यक्ष विद्या ढकाल, केन्द्रीय सदस्य शङ्करनारायण श्रेष्ठ, कलिला खान लगायतको उपस्थिति थियो ।