आँबुखैरेनी क्याम्पसमा अखिल क्रान्तिकारी-नेविसंघ प्यानल विजयी, अखिल क्रान्तिकारीका निशान बने सभापति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी क्याम्पसमा अखिल क्रान्तिकारी-नेविसंघ प्यानल विजयी, अखिल क्रान्तिकारीका निशान बने सभापति

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७९, आईतवार

    दमाैली । स्ववियु निर्वाचन अन्तर्गत तनहुँको आँबुखैरेनी क्याम्पसमा सत्तारुढ गठबन्धनले विजय हासिल गरेको छ । आइतबार भएको निर्वाचन अन्तर्गत अखिल (क्रान्तिकारी) को नेतृत्वको गठबन्धनले विजय हासिल गरेको हो ।

    क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का निशान मगर एक सय १६ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी अनेरास्ववियुका कृशल कंडेलले ७२ मत प्राप्त गरेका छन् ।

    सचिवमा नेविसङ्घका बोनिस अधिकारी ७२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी अनेरास्ववियुका सविता श्रेष्ठले ६१ मत प्राप्त गरिन् ।

    कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का श्वेता थापा एक सय आठ मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी अनेरास्ववियुका उज्ज्वल थापाले ६६ मत प्राप्त गरे ।

    सदस्यहरुमा अखिल (क्रान्तिकारी) का अस्मिता श्रेष्ठ एक सय दुई, अर्पण देवकोटा एक सय सात र रविन कामी एक सय नौ मत प्राप्त गरी विजयी भए ।

    प्रतिस्पर्धी अनेरास्ववियुका इन्दु अधिकारीले ४९, सुरज श्रेष्ठले ५६ र अमृत कट्टेलले ४६ मत प्राप्त गरेका छन् ।

    दुई सय ६७ मतदाता रहेको निर्वाचनमा एक सय ९३ मत खसेको थियो ।