गाेविन्द भट्टराई भन्छन् – बाहिरी जिल्लाबाट उम्मेदवार ल्याए हार निश्चित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गाेविन्द भट्टराई भन्छन् – बाहिरी जिल्लाबाट उम्मेदवार ल्याए हार निश्चित

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७९, आईतवार

    दमाैली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ– १ को उपनिर्वाचनमा बाहिरी जिल्लाबाट नेता ल्याएर उम्मेदवार बनाए हार निश्चित हुने बताएका छन्। तनहुँको आँबुखैरेनी बजारमा आईतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् ।

    उनले बाहिरी जिल्लाका उम्मेदवारलाई कार्यकर्ता तथा मतदाताले प्रतिरोध गर्ने चेतावनी दिए । तनहुँ–१ बाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने चर्चा चलेको सम्बन्धमा भट्टराई बाहिरबाट उम्मेद्वार ल्याए विराेध हुने भएकोले हार निश्चित रहेकाे ठाेकुवा गरे ।

    ‘कार्यकर्ता र मतदाताबाट गम्भीर प्रतिरोध हुन्छ । पानीको पाइप ल्याउनु छैन, एक हजारको एउटा योजना हाल्नु छैन, मेरो दाबी हुन्छ भनेर भन्न मिल्दैन’ भट्टराईले भने। कहिकतै सहयोग नगरेको व्यक्तिले टिकटको लागि आँखा लगाउनु नाजायज विषय भएको भट्टराईकाे भनाई छ ।

    अन्य जिल्लाको उम्मेदवारलाई पार्टीले नपठाउने उल्लेख गर्दै नेता भट्टराईले आफूलाई कसैले रोक्न, छेक्नको लागि षडयन्त्रको खेल खेलिएको हुन सक्ने तर तनहुँ जिल्ला नेता आयात गर्ने नभई निर्यात गर्ने जिल्ला भएको बताए ।