गोला तान्दा अनेरास्ववियुका दुलाल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गोला तान्दा अनेरास्ववियुका दुलाल विजयी

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७९, आईतवार

    काठमाडौ । सिन्धुपाल्चोकको जिल्लाको मेलम्ची नगरपालिकास्थित इन्द्रावती बहुमुखी क्याम्पसको सभापति पदमा अनेरास्ववियु र नेविसंघका उम्मेदवारले बराबरी मत ल्याएपछि गोला प्रणालीबाट चुनिएको छ ।

    आइतबार भएको मतगणनामा अनेरास्ववियुका किसन दुलाल १०८ र नेविसंघका सरोज बस्नेतले १०८ बराबरी मत ल्याएका थिए । त्यसपछि पुनः मतगणना गरिएको थियो । 

    अन्तिममा दुवै पक्षबाट गोला प्रणालीबाट सभापति चुनिने सहमति भएपछि अनेरास्ववियुका किसन दुलाल विजयी भएका छन् । दुई सय ४२ मत खसेकोमा अन्य सचिव, कोषाध्यक्ष र सदस्य पदमा भने अनेरास्ववियु क्रान्तिकारी, अखिल र राप्रपाको गठबन्धन विजयी भएको छ ।