भानुभक्तको ताला खुल्यो, स्ववियु निर्वाचनका लागि प्रस्ताव लैजाने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    भानुभक्तको ताला खुल्यो, स्ववियु निर्वाचनका लागि प्रस्ताव लैजाने निर्णय

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७९, बिहीबार

    दुलेगौडा । शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा विद्यार्थीले लगाएको ताला खुलेको छ । स्ववियु निर्वाचनका सन्दर्भमा नेविसंघ, अखिल क्रान्तिकारीले लगाएको ताला खुलेको हो ।

    क्याम्पस प्रमुख रमेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको विद्यार्थी संगठनका प्रतिनिधिसहितको बैठकले ताला खोलेर पठनपाठन सुचारु गराउने निर्णय गरेको छ । त्यस्तै स्ववियु निर्वाचन प्रकृया अगाडी बढाउन क्याम्पस प्रशासनको माध्यमबाट सञ्चालक समितिमा प्रस्ताल लैजाने निर्णय भएको अखिल क्रान्तिकारी भानुभक्त कमिटी अध्यक्ष विनिता भण्डारीले जानकारी दिइन् ।