तनहुँ १ उपनिर्वाचन : कांग्रेसले चैत १५ भित्र उम्मेदवार सिफारिस गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ १ उपनिर्वाचन : कांग्रेसले चैत १५ भित्र उम्मेदवार सिफारिस गर्ने

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७९, बिहीबार

    दमौली । तनहुँ-१ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस तनहुँले चैत १५ भित्र उम्मेदवार सिफारिस गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय बमोजिम चैत १५ भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।

    तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा समितिले उम्मेदवारको नामावली सिफारिस गर्ने कांग्रेस तनहुँले जनाएको छ । त्यसका लागि उम्मेदवारले दरखास्त दिन आव्हान गरिएको छ ।

    तनहुँ-१ को उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवार दर्ताको कार्यक्रम रहेको छ ।

    तनहुँ-१ मा वैशाख १० गते निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्र रिक्त छ ।