काठमाडाै । काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँसहित तनहुँका एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका-६ घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय संजय खनाल रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।