मिसन ग्रासरुटले पार्टीलाई जनतासँग जोड्छ : सांसद भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिसन ग्रासरुटले पार्टीलाई जनतासँग जोड्छ : सांसद भट्टराई

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०७९, शनिबार

    दमाैली । प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) केन्द्रीय सदस्य विद्या भट्टराईले मिसन ग्रासरुट अभियानले जनतासँग सम्बन्ध जोड्न सहयोग पुग्ने बताएकी छन् । नेकपा (एमाले) व्यास नगरपालिका वडा नम्बर ५ कमिटीले आज आयोजना गरेको कार्यक्रममा भट्टराईले मिसन ग्रासरुट अभियानले जनता र पार्टीसँगको सम्वन्धलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन् ।

    पार्टीमा तीन पुस्ते नेता कार्यकर्ता भएको हुँदा यसको उचित व्यवस्थापन गरेर पार्टी बलियो बनाउन सकिने उनकाे भनाई थियो । हिजो पार्टी भूमिगत हुँदादेखि विभिन्न राजनैतिक आन्दोलनमा त्याग तपस्या गरेको पुस्ताको विचार र भावनालाई सम्मान गर्दे आजको पुस्ता अगाडी बढ्नुपर्नेमा उनकाे जाेड थियाे ।

    “यो वैज्ञानिक युगमा प्रविधिको समुचित प्रयोग गर्दे पार्टीलाई आम जनतासँग जोड्नुपर्दछ । यो अभियान अब निरन्तर रहने हँुदा समाजमा हुने विकृति विसङ्गतिलाई चिर्दै पार्टी परिवर्तन तर्फ उन्मुख हुनुपर्छ,” भट्टराईले भनिन् ।

    पार्टी सदस्यता नविकरणदेखि टोल कमिटी गठन यो अभियानमा पर्ने हुँदा सम्पूर्ण पार्टी कार्यकर्तालाई योजनाबद्ध रुपमा लाग्न उनले आग्रह गरिन् ।