नेकपा एस तनहुँका नेताले माधव नेपालसँग भने – तनहुँ १ मा हाम्राे सशक्त दाबा छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एस तनहुँका नेताले माधव नेपालसँग भने – तनहुँ १ मा हाम्राे सशक्त दाबा छ

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७९, सोमबार

    दमाैली । नेकपा एकीकृत समाजवादी तनहुँका नेताहरुले उपनिर्वाचनमा तनहुँ-१ मा आफुहरुकाे दावा रहेकाे भन्दै केन्द्रीय नेतालाई ध्यानाकर्षण गराएका छन् । पार्टीका पाेलिटव्युराे सदस्य पिएल श्रेष्ठकाे नेतृत्वमा जिल्लास्तरीय नेताहरुले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई भेटी उपनिर्वाचनमा तनहुँ-१ मा आफूहरुकाे दावा रहेकाे भन्दै ध्यानाकर्षण गराएका छन् ।

    May be an image of 8 people and people standing

    मङ्सिर ४ गतेकाे निर्वाचनमा नेकपा एसलाई एक सिट पनि नदिइएकाे र तत्कालिन अवस्थामा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा तनहुँका दुई सांसदले भाेट हालेकाे भन्दै यसपटककाे उपनिर्वाचनमा आफूहरुले पाउनुपर्ने दाबी नेताहरुलाई सुनाइएकाे नेकपा एसका जिल्ला अध्यक्ष श्रीराम कार्कीले बताए ।

    “यसपटक हाम्राे उम्मेदवार हुनुपर्छ भनेर भनेका नेताहरुलाई भनेका छाै,” कार्कीले भने, “राष्ट्रपति ज्युसँग पनि भेट गरी याे कुरा साङ्केतिक रुपमा भनेका छाै ।”

    पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकाे बैठकमा यसबारे कुरा गर्ने आश्वासन दिएकाे कार्कीले बताए । “अध्यक्ष नेपालले गठबन्धनकाे बैठकमा कुरा राख्छु । तीन वटा क्षेत्रमा हुने उपनिर्वाचनमा एउटा सिट हामीलाई दिनुपर्छ भनेर भन्छु भन्नुभएकाे छ । त्यसाे हुँदा तनहुँ हाम्राे लागि उपयुक्त हुन्छ भन्नुभएकाे छ,” कार्कीले भने ।