दुलेगौडा । तमु ह्युला छोंज धि (गुरुङ राष्ट्रिय परिषद) शुक्लागण्डकी नगर समितिको अध्यक्षमा मनराज गुरुङ चयन भएका छन् । दोस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
उपाध्यक्षमा भेष बहादुर गुरुङ, सचिवमा डिल बहादुर गुरुङ, सहसचिवमा प्रज्वल गुरुङ, कोषाध्यक्षमा रुपा गुरुङ र सदस्यहरुमा डिल बहादुर गुरुङ, मोतीराज गुरुङ, पेब राज गुरुङ, चुमान बहादुर गुरुङ गुन बहादुर गुरुङ, दीपेन्द्र कुमार गुरुङ र फत्त बहादुर गुरुङ चयन भएका छन् ।
कार्यक्रममा तमु ह्युला छोज धि (गुरुङ राष्ट्रिय परिषद) तनहुँका अध्यक्ष देब बहादुर गुरुङ, तमुस्यो ह्युला छोज धिका केन्द्रीय सदस्य आशा गुरुङ, निवर्तमान जिल्ला अध्यक्ष खेमराज गुरुङ लगायतले राखेका थिए ।
उक्त संस्थाले गुरुङहरुको भाषा, संस्कार,संस्कृतीको संरक्षण गर्नुका साथै जातीय एकता र अधिकारको लागि बहस पैरवी गर्छ ।
कार्यक्रममा दुलेगौडा गणपति तमु समाज, फिरफिरे तमु समाज, बौद्ध सेवा तमु समाज, शिलाङ्घारी तमु समाज, भोटेपानी तमुसमाज, सिद्वबाबा तमु समाज, खैरेनीटार तमु समाज, स्याउली बजार तमु समाज, बागेडाडा तमु समाज र कोत्रे तमु समाज लगायत समाजबाट प्रतिनिधिहरु सहभागी थिए ।