दमौली । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्ने चर्चा चलेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्ले तनहुँ-१ मा चुनाव लड्ने चर्चा ह्वात्तै बढेको हो ।
वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने चर्चाबीच बुधबार सॉझ दमौली आएका थिए। सो पार्टीका जिल्लास्तरीय एक पदाधिकारीले वाग्लेसँग कुराकानी भएको जानकारी दिए ।
‘चुनाव लड्ने विषयमा उहॉ सकारात्मक हुनुहुन्छ, दमौली आएर परिस्थितिबारे बुझ्ने काम भएको छ,’ उनले भने ।
नेपाली कांग्रेसका नेता वाग्ले मंसिर ४ को निर्वाचनमै उम्मेदवार बन्न चाहन्थे । तर त्यतिबेला पार्टीले उनलाई टिकट दिएन ।