दमौली । उपचुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेस तनहुँका जिल्ला सद्स्य केशवनाथ खनाल र कांग्रेसका आबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्थले पार्टी त्यागेका छन् ।
आँबु खैरेनीमा पत्रकार सम्मेलन गरी खनाल र पन्थले पार्टी त्यागेको घोषणा गरेका हुन् ।
उनीहरुले पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्तिवाद हाबी भएको आरोप लगाएका छन् ।
यसअघि नै भानु नगरपालिकाका पार्टी उपसभापति श्याम जिसीसहितका ७ जना नेताले कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए ।