कारवाही फुकुवा भएपछि जाेशी भन्छन् : म काङ्ग्रेस पार्टीको मान्छे नै होइन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कारवाही फुकुवा भएपछि जाेशी भन्छन् : म काङ्ग्रेस पार्टीको मान्छे नै होइन

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७९, आईतवार

    दमाैली । पूर्व गृहमन्त्री गोविन्दराज जोशीले आफू काङ्ग्रेस पार्टीको मान्छे नै नभएको बताएका छन् । नेपाली काङ्ग्रेसले उपनिर्वाचनको मुखैमा आएर पार्टीका पूर्व सहमहामन्त्री जोशीको कारवाही फिर्ता गरेको सम्बन्धमा खबरपुञ्जसँग कुरा गर्दै जोशीले आफू काङ्ग्रेस पार्टीको मान्छे नै नभएको प्रतिक्रिया दिए ।

    “म काङ्ग्रेस पार्टीकै होइन, अर्को पार्टीका मान्छेलाई काङ्ग्रेसले निर्णय गर्न मिल्छ रु” जोशीले भने, “काङग्रेसले एमालेलाई मिलाउने, माओवादीलाई मिलाउने निर्णय गरे के हुन्छ रु” जोशीले आफू काङ्ग्रेसको साधारण सदस्य समेत नभएको बताए ।

    जोशी आइतबार दमौलीमा आयोजित आफू निकट कार्यकर्ताको भेला सकेर काठमाडौ प्रस्थान गरेका छन् । उपनिर्वाचनमा कसलाई सहयोग गर्नुहुन्छ भन्ने प्रश्नमा जोशीले अहिले चुपचाप लागेर बस्ने नीति लिइएको बताए । “अहिले हामी चुपचाप लागेर हेर्छौ,” उनले भने ।

    यस्तै जाेशीका छाेरा एवं व्यास नगरपालिकाका मेयर प्रत्यासी उम्मेदवार दीपकराज जाेशीले सम्बन्धित व्यक्तिसँग नसाेधीकन उनीहरुकाे स्वार्थका लागि याे निर्णय भएकाे बताएका छन् । ‘हामीसँग साेधिएकाे पनि छैन, चुनावका बेला उनीहरुका इन्ट्रेष्टमा भएकाे निर्णय हाे । याे गलत छ,’ उनले भने, ‘प्याकेज सहितकाे केही निर्णय आउनुपर्छ ।’