


दमौली । तनहुँ-१ मा वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका अर्थशास्त्री स्वर्णिम वाग्लेले चुनावी खर्चका लागि बैंक खाता खोलेका छन्।
मंगलबार सामाजिक सञ्जालमा उनले बैंक खाताको विवरण सार्वजनिक गरेका छन्।
‘तनहुँ-१ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ। यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु,’ वाग्लेले लेखेका छन्,‘निर्वाचन आयोगले रु. ३१ लाखको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारी सहित कानून बमोजिम गर्नेछु।’